नेपाल एसबिआई बैंकको २ अर्ब बराबरको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने, कति पाइन्छ ब्याज ? « Arthapath.com
१८ श्रावण २०८०, बिहीबार

नेपाल एसबिआई बैंकको २ अर्ब बराबरको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने, कति पाइन्छ ब्याज ?



काठमाडौं । नेपाल एसबीआई बैंकले ऋणपत्र निष्कासन भएको छ । बैंकले आज अर्थात साउन १८ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको हो ।

एसबीआईले १० वर्ष अवधिको ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ गर्न लागेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । जस मध्ये १२ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात् ४० हजार इकई ऋणपत्र छुट्याएको छ ।

जसमा वार्षिक ९ प्रतिशत ब्याजदर हुने छ । कम्पनीको बिक्री प्रबन्धकको रुपमा एनएमबि क्यापिटल रहेको छ । ऋणपत्रमा साउन २२ गतेसम्म आवेदन दिन पाइनेछ । सो अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा साउन ३२ गतेसम्म खुला रहनेछ । इकाईधनीहरुले न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्