नेपाल एसबीआई बैंकको ऋणपत्र सूचीकृत « Arthapath.com
१६ आश्विन २०८०, मंगलवार

नेपाल एसबीआई बैंकको ऋणपत्र सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको ऋणपत्र सूचीकृत भएको छ । मंगलबार नेपाल एसबीआई बैंकको ऋणपत्र सूचीकृत भएको हो ।

बैंकको १४ लाख १८ हजार ३६६ कित्ता ऋणपत्र सूचीकृत भएको हो । ९ प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र २०८९’ सूचीकरणको लागि नेप्से र बैंकबीच सम्झौता भएको छ ।

अब कम्पनीको ऋणपत्र बुधबारदेखि कारोबारमा आउनेछ । बैंकले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्