१० कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधीक कमाए-गुमाए « Arthapath.com
२८ बैशाख २०७९, बुधबार

१० कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधीक कमाए-गुमाए



काठमाडौं । साताको चौथो दिन पनि नेप्से उकालो लागेको छ । बुधबार नेप्से ५६.०६ प्रतिशतले बढेर २३६९.०६ प्रतिशतले बढेको छ । साताको तेस्रो नेप्सेमा हरियाली छाएको छ । नेपाल एक्सचेञ्च (नेप्से) ४४.१६ अकंले बढेर २३१३ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ५३ लाख ३३ हजार १०९ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १६ करोड ३९ लाख ९० हजार ७४३ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३३ लाख ३० हजार १५० कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६८ रुपैयाँको कारोबार भएको थियो ।

नेप्से उच्च अकंले बढ्दा आज १० कम्पनीको शेयरमा सर्किट लागेको छ । नेशनल हाइड्रोपावर, नेपाल फाइनान्स, राधी विद्युत, यूनिभर्सल पावर, जाल्पा सामुदायिक लघुवित्त सहित १० कम्पनीको शेयरमा सर्किट लागेको हो ।

आज गुमाउने कम्पनीहरुमा ७ कम्पनीका मात्र रहेका छन् । आज सर्वाधिक गुमाउने कम्पनीमा सानिमा डिबेञ्चर रहेको छ । कम्पनीको शेयर १.६३ प्रतिशतले घटेको हो । साथै, सानिमा इक्वाटी फण्डको १.५१ प्रतिशत, लक्ष्मी उन्नती कोषको १.४८ प्रतिशत र नेष्डो समृद्ध लघुवित्तको १.०२ प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्