लिबर्टी हाइड्रो पावरमा मागभन्दा बढी शेयर आवेदन, चौथो दिनमा ४९ करोड ५३ लाख कित्ता बिक्यो « Arthapath.com
६ भाद्र २०७७, शनिबार

लिबर्टी हाइड्रो पावरमा मागभन्दा बढी शेयर आवेदन, चौथो दिनमा ४९ करोड ५३ लाख कित्ता बिक्यो



काठमाडौं । लिवर्टी इनर्जी कम्पनीको आईपिओ बजारमा आएको शनिबार चौथो दिन भएको छ । शेयर खोलेको चौथो दिनमा १ लाख ४५ हजार ३ सय ९४ जनाले शेयर आवेदन दिएका छन् । त्यस्तै ४९ करोड ५३ लाख ६१ हजार कित्ता शेयर बिक्री भएको ुञ्चालक राम पाण्डेयले जानकारी दिए ।

शेयर खोलेको तेस्रो दिनमा १ लाख ३ हजार ५ सय ५५ जनाले शेयर आवेदन दिएका थिए भने त्यस्तै ३४ लाख ८४ हजार ९ सय ४० कित्ता शेयर बिक्री भएको थियो ।

लिवर्टी ईनर्जी कम्पनिको दोस्रो दिनमा ५२ हजार २ सय ४९ जनाले शेयर आवेदन दिएका थिए । त्यस्तै २० लाख ३७ हजार ४ सय २० कित्ता शेयर बिक्री भएको थियो ।

शेयर खोलेको पहिलो दिनामा २६ हजार १ सय ९० जनाले शेयर आवेदन दिएका थिए भने १० लाख २ हजार ६० कित्ता शेयर बिक्री भएको थियो ।

लमजुङको दोर्दी खोलामा निर्वाणाधिन २५ मेगावाटको माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाको निमार्ण ९८ प्रतिसत काम पुरा भएको छ । लिवर्टी इनर्जी कम्पनीमा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष कुशकुमार जोशी, साहास उर्जाका प्रवन्ध संचालक शुसिल थापा, सेयर बजारका हस्ती एवम् १४ नंबर ब्रोकरका अध्यक्ष ईश्वरी रिमाललगायतका प्रर्वधक रहेको छन ।
४ अर्व ६३ करोड ६१ लाख लगतमा निर्माण हुने दोर्दी खोला जलविद्युत मेगावाट १८ करोड ५ लाख लागतमा बन्ने छ । भदौ ३ गतेदेखी ३५ लाख ६४ हजार ९ सय कित्ता आईपिओ सर्वसाधारणको लागी जारी गर्न लागेको हो । भदौ ३ गतेदेखी ७ गतेसम्म आईपीओ जारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्