समाज लघुवित्तको १ करोड १९ लाख कित्ता शेयर बिक्री, १४८ गुणा बढी आवेदन « Arthapath.com
८ भाद्र २०७७, सोमबार

समाज लघुवित्तको १ करोड १९ लाख कित्ता शेयर बिक्री, १४८ गुणा बढी आवेदन



काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको आईपीओमा सोमबार साँझ पाँच बजेसम्ममा १४८.५६ गुणा बढी आवेदन परेको छ । कम्पनिको आइपीओमा ५ लाख ६४ हजार १३८ जना आवेदकबाट १ करोड १९ लाख ८९ हजार ८० कित्ता शेयर खरिदको लागि आवेदन परेको हो ।

लघुवित्तको सोमबारदेखि शेयर बिक्री बन्द भएपनि अझै पनि कतिपय बैंकबाटै भौतिक रुपमा गरिएको आवेदनहरू भने थपिने भएका छन् ।

लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । यसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । सर्वसाधारणले बाँकी ८० हजार ७०० कित्ताका लागि बिक्रीमा ल्याएको थियो।


प्रतिक्रिया दिनुहोस्