सेयर बजार २ हजार नजिक, बैंकिङको सेयरमा गिरावट आउँदा कारोवार रकम पनि घट्यो « Arthapath.com
१५ मंसिर २०७७, सोमबार

सेयर बजार २ हजार नजिक, बैंकिङको सेयरमा गिरावट आउँदा कारोवार रकम पनि घट्यो



काठमाडौं । सोमबार सेयर बजार दुई हजार नजिक पुगेर बन्द भएको छ । कारोवार सुरु हुँदा २ हजार २८ विन्दुसम्म पुगेको सेयर बजार कारोवारको अन्तिम घडिमा १९९७.०५ अंकमा झरेर बन्द भयो ।

बैंकिङ समुहमा गिरावट आउँदा कारोवार रमकसमेत घटेको थियो । साताको पहिलोदिन बैंकिङ समुहमा उछाल आउँदा ९ अर्व १९ करोडको कारोवार भएको थियो । सोमबार भने बैंकिङ, विकास बैंक, फाइनान्स कम्पनी र म्यूचुअल फण्डको सेयरमा पहिलो गएको थियो । विकास बैंक समुह ४८.१४ अंकले गिरावट आउँदा बजारमा कारोवारसमेत घट्न पुग्यो । सोमबार ८ अर्व ८६ करोड ७७ लाख १४ हजार ६८२ रुपैयाँको कारोवार भयो ।

सोमबार इन्स्योरेन्स समुह, होटल, उत्पादन क्षेत्र र माइक्रोफाइनान्समा लगानीकर्ताको आक्र्रषण बढेको थियो । सोमबार नेपाल पुर्नबिमा कम्पनीको सबैभन्दा बढी कारोवार हुँदा प्रभु बैंक दोस्रो भयो र तेस्रोमा नेपाल लाइफ इन्स्योरेन्स रहेका छन । तिन कम्पनीको ३३ करोडभन्दा बढीको कारोवार भएको छ ।


प्रतिक्रिया दिनुहोस्