ढुङ्गानालाई जसरी पनि हटाउने सरकारको तयारी, बन्यो छानविन समिति « Arthapath.com
१६ भाद्र २०७८, बुधबार

ढुङ्गानालाई जसरी पनि हटाउने सरकारको तयारी, बन्यो छानविन समिति



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका सबै नियुक्ती बदर गराउन लागेको वर्तमान शेरबहादुर देउवा सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष भीष्म ढुङ्गानालाई हटाउने तयारी गरेको छ ।

सर्वोत्तम सिमेन्टले बुक विल्डङबाट निस्काशन गर्न लागेको आइपिओको सेयर आफन्तको नाममा खरिद गरेको पाइएपछि सरकारले हटाउन दवाव दिएको थियो । सरकारले राजिनामा दिन गरेको आग्रहलाई अटेर गरि बसेका ढुङ्गानालाई जसरी पनि हटाउने उदेश्यका साथ वर्तमान सरकार लागिपरेको छ ।

कानुन विपरित परिवार तथा आफन्तको नाममा सेयर किनेको पाइएपछि बुधबार बसेको मन्त्रीपरिषद बैठकले गैरकानुनी सेयरको छानविन गर्न समिति बनाएको हो । सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा विज्ञ नारायण प्रसाद पौडेल र नेपाल कानुन आयोगका सहसचिव अर्जुनककुमार खड्का रहेको एक समिति बनाएको छ ।

सहज ढंगबाट उनि हट्न नमानेपछि सरकारले धितोपत्र ऐन अनुसार समिति बनाएर हटाउने प्रक्रिया थालनी गरेको हो ।

Tags :

प्रतिक्रिया दिनुहोस्