ब्याजदरको निर्णय राष्ट्र बैङ्कले उल्ट्याएपछि लयमा फर्कियो सेयर बजार, विज्ञ भन्छन् धेरै दिन टिक्दैन « Arthapath.com
३ कार्तिक २०७८, बुधबार

ब्याजदरको निर्णय राष्ट्र बैङ्कले उल्ट्याएपछि लयमा फर्कियो सेयर बजार, विज्ञ भन्छन् धेरै दिन टिक्दैन



काठमाडौँ । बैङ्कहरूले आफूखुसी निक्षेपको ब्याजदर बढाएपछि अल्तालिएको सेयर बजार बुधवार पुनः रिकभर भएको छ । मङ्गलवार ७७.३३ अङ्कले घटेको नेप्से बुधवार पुन ६०.५६ अङ्क बढेर रिकभर भएको छ । 

बैङ्कहरूको आफूखुसी बढाएको ब्याजदरमा राष्ट्र बैङ्कले हस्तक्षेप गरेपछि सेयर बजारमा सुधार आएको हो । बुधवार लगानीकर्तामा उत्साह देखिएको हो । सेयर बजार लयमा फर्किएको देखिएको भएपछि यो धेरै दिन नटिक्ने विश्लेषकले बताएका छन् । 

सोमबार र मङ्गलवार घटेको सेयर बजार बुधवार ६०.५६ अङ्कले वृद्धि भएर २५७१.६६ विन्दुमा पुगेर रोकिएको छ । बुधवार २१७ कम्पनीको ६१ लाख १ हजार ४१४ कित्ता शेयर किनबेच भएको छ । 

उता कारोबार रकम भने घटेको छ । मङ्गलवार ३ अर्ब ७८ करोडको कारोबार भएकोमा बुधवार २ अर्ब ६७ करोड ९० लाख २८ हजार १ सय ५५ रुपैयाँको मात्रै कारोबार भयो । 

बुधवार वित्त, जलविद्युत, विकास बैङ्क, अन्य, व्यापारसहितका उपसमूहको लगानीकर्ताले कमाएका छन् भने एनआईबीएल प्रगति फन्ड, मिथिला लघुवित्त वित्तीय संस्था, एनआईसी एसिया लघुवित्त, साधना लघुवित्तको लगानीकर्ताले गुमाएका छन् । 


प्रतिक्रिया दिनुहोस्