धितोपत्र बोर्डको अध्यक्ष बन्न कांग्रेस माओवादीमा मारामार, को–को छन्, भावी अध्यक्षको दौडमा ? « Arthapath.com
४ कार्तिक २०७८, बिहीबार

धितोपत्र बोर्डको अध्यक्ष बन्न कांग्रेस माओवादीमा मारामार, को–को छन्, भावी अध्यक्षको दौडमा ?



काठमाडौँ । सेयर बजारसम्बन्धी नियामक निकाय नेपाल धितोपत्र बोर्ड गत भदौ १६ गते देखी नेतृत्व विहिनि अवस्थामा छ । बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानालाई सरकारले भित्री कारोबार गरेको आरोपमा बर्खास्त गरेपछि धितो पत्र बोर्ड नेतृत्व विहीन अवस्थामा छ । 

धितो पत्र बोर्डका अध्यक्ष भीष्म ढुङ्गानाले २० महिना बोर्डको अध्यक्ष खाइसकेका छन् । बाँकी अवधिको लागी अध्यक्ष बन्न धेरैले रुचि देखाएका छैनन् । फेरी अदालतबाट ढुङ्गानाले मुद्दा जितेको खण्डमा छोड्नु पर्ने हुँदा पनि बाहिरबाट धेरैले चासो देखाएका छैनन् । 

अहिले धितो पत्र बोर्डको अध्यक्ष बन्न बाहिरबाट भन्दा पनि भित्रबाटै मारामार सुरु भएको छ । अहिले अध्यक्ष बन्न माओवादी निकट रहेका डा. नवराज अधिकारी र काँग्रेस निकट रहेका नीरज गिरिबिच दौड सुरु भएको छ । 

गिरी बोर्डको कार्यकारी निर्देशक हुन् भने अधिकारी डेपुटी कार्यकारी निर्देशक हुन । गिरीलाई अध्यक्ष बनाउन काँग्रेस नेताहरू लागेका छन् । उता डा. नवराज अधिकारी भने माओवादी नेता नारायणकाजी श्रेष्ठ निकट हुन् । अर्थ मन्त्रालय माओवादीले सम्हालेकाले पनि अधिकारीको बढी सम्भावना रहेको श्रोतले बताएको छ । 

उता काँग्रेस निकट डा. रेवत बहादुर कार्की पनि अध्यक्षको दौडमा रहेका छन् । धितोपत्र बोर्डमा ४ वर्षे कार्यकाल चलाईसकेका कार्की पुनः दोहोरिने दाउमा रहेका छन् । बीमा समितिको अध्यक्ष भैसकेका चिरञ्जीवी चापागाईँ पनि बोर्डको अध्यक्ष बन्ने दौडमा रहेका छन् । चापागाईँ माओवादी नेता कृष्णबहादुर महारा निकट हुन् । 

उता एकीकृत समाजवादीले पनि वित्तीय क्षेत्रमा हुने नियुक्तिमा आफ्नो भाग खोजेको छ । समाजवादी बोर्डको अध्यक्ष बनाउन कर्मचारी सञ्चय कोषका प्रशासक भैसकेका कृष्ण आचार्यलाई अघि सारेको छ । चाटर्ड एकाउन्टेन आचार्य आइक्यानका पूर्व अध्यक्षसमेत हुन् । अध्यक्ष खाली हुँदा झन्डै २ महिना देखी सबै काम ठप्प छ । 

Tags :

प्रतिक्रिया दिनुहोस्