न्यादी हाइड्रोपावरको १ करोड ५० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
कठमाडौं । न्यादी हाइड्रोपावरको १ करोड ५० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । हाइड्रोपावरले सर्वसाभारण तथा स्थानियको लागि निष्काशन गरेको प्राथमिक शेयर आएपीओ नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले स्थानिय बासिको लागि १५ लाख, सर्बसधारणको लागि २५ लाख ५० हजार र संस्थापक तर्फको १ करोड ९ लाख ५० हजार शेयर सूचीकृत गरेको हो । भोलीबाट कम्पनिको शेयर ९४ रुपैयाँ १३ पैसादेखि २८२ रुपैयाँ ३९ पैसासम्म रहेर दोस्रो बजारमा कारोबार ख’ल्ने छ ।












