आईपीओ नआँउदा डिम्याट खाता खोल्नेको संख्या घट्यो, एक वर्षमा २५ लाख थपिँदा ४७ लाख बढी पुगे  « Arthapath.com
२१ मंसिर २०७८, मंगलवार

आईपीओ नआँउदा डिम्याट खाता खोल्नेको संख्या घट्यो, एक वर्षमा २५ लाख थपिँदा ४७ लाख बढी पुगे 



कामठाडौं । पछिल्लो समय शेयर बजारमा लगानीकर्ताहरू थपिँदै गएका छन् । पछिल्लो एक बर्षमा २५ लाख भन्दा बढी लगानीकर्ता शेयर बजारमा थपिएका छन् । सिडिएस तथा क्लियरिङ लिमिटेडका अनुसार पछिल्लो एक वर्षमा २५ लाखले डिम्याट खाता खोलेका हुन् । शेयर बजार निरन्तर बढ्दै नयाँ रेकर्ड बनाउँदै गएपछि लगानीकर्ताको आकर्षण बढेको हो । 

विभिन्न कम्पनीहरूले धमाधम प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न थालेपछि पनि लगानीकर्ताको आकर्षण बढ्दै गएको हो । शेयर बजार निरन्तर बढ्दै गएपछि ४७ लाख भन्दा बढीले डिम्याट खाता खोलेका छन् । सिडिएस तथा क्लियरिङ्ग लिमिटेडका अनुसार ४७ लाख ३३ हजार ४४५ जनाले डिम्याट खाता खोलेका हुन् । 

शेयर बजारमा गत वर्षदेखि नयाँ लगानीकर्ताको संख्या ह्वात्तै बढेको हो । यसअघि शेयर बजारबारे खासै चासो नराख्नेले पनि डिम्याट खाता खोल्न थालेका हुन् । आईपीओमा आवेदन लगायत शेयर कारोबार अनलाइनबाट नै गर्न सकिने ब्यवस्था भएपछि पनि लगानीकर्ताको आकर्ष बढेको बताउँछन् । 

पछिल्लो एक वर्षको अवधिमा २५ लाख भन्दा बढीले नयाँ डिम्याट खाता खोलेको सिडिएस तथा क्लियरिङ्गले जानकारी दिएको छ । सिडिएस तथा क्लियरिङ्गको तथ्याङ्क अनुसार आ.व.२०७७ मंसिर मसान्तसम्म २२ लाख ३० हजारले मात्रै डिम्याट खाता खोलेका थिए । यो संख्या बढेर ४७ लाख ३३ हजार ४४५ डिम्याट खाता पुगेका छन् । एक बर्षको अवधिमा २५ लाख ३ हजार बढीले डिम्याट खाता खोलेको सिडिएस एण्ड क्लियरिङ्गका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुर्णप्रसाद आचार्यले जानकारी दिए । 

नयाँ तथा ठूला कम्पनीले आईपीओ जारी गर्न थालेपछि एक सय रुपैयाँ लगानी गरेर राम्रो प्रतिफल दिन थालृपछि लगानीकर्ताको आकर्ष बढेको सिडियस तथा क्लिरिङका प्रवक्ता सुरेश न्यौपानेले बताए । ‘नयाँ लगानीकर्ताले आईपीओबाट नै शेयर बजार प्रवेश गर्ने हो, पछिल्लो समय ठूला कम्पनीले आईपीओ जारी गर्दा उल्लेख्य नाफा हुन थालेपछि डिम्याट खाता खोल्नेको संख्या बढ्दै गएको हो ।’ प्रवक्ता न्यौपाने बताउँछन् । 

तर पछिल्लो केही महिनायता भने डिम्याट खाता खोल्नेको सङ्ख्यामा कमी आएको सिडियस तथा क्लिरिङ्गले जनाएको छ । सामलिङ पावर कम्पनीपछि कुनै पनि कम्पनीले आईपीओ जारी गरेका छैनन् । त्यसैले पनि नयाँ डिम्याट खाता खोल्नेको संख्यामा कमी आएको हो ।

सिडिएस तथा क्लिरिङ्गका अनुसार दैनिक ३५ सय हाराहारीमा नयाँ डिम्याट खाता संख्या थपिदै छन् । आईपीओ आईरहेका बेलामा दैनिक १० हजार भन्दा बढीले डिम्याट खाता खोल्ने गरेको थिए । तर पछिल्लो समय आईपीओ नआँउदा डिम्याट खाता खोल्नेको सङ्ख्यामा कमी आएको हो । पछिल्लो केही महिनायता कुनै पनि कम्पनीको आईपीओ नआउँदा डिम्याट खाता खोल्नेको संख्या कम भएको सिडियसले जनाएको छ । कुनै पनि कम्पनीले आईपीओ निष्कासन नगर्दा नयाँ लगानीकर्ताको शेयरबजारमा आकर्षण कम हुने गरेको प्रवक्ता न्यौपानेले बताए । 


प्रतिक्रिया दिनुहोस्