साढे १ अर्ब रुपैयाँको आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न नागरिक स्टक डिलरले बोलायो साधारण सभा « Arthapath.com
२६ मंसिर २०७८, आईतवार

साढे १ अर्ब रुपैयाँको आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न नागरिक स्टक डिलरले बोलायो साधारण सभा



काठमाडौं । नागरिक स्टक डिलर कम्पनीले आफ्नो वार्षिक साधारण सभो बोलाएको छ । कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले पौष २३ गते दोस्रो वार्षिक साधारण सभा नागरिक लगानी कोष भवन नयाँ बानेश्वर काठमाडौंमा अपरान्ह साढे ३ बजे बोलाएको छ ।

कम्पनीको सभाले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने भएको हो ।

आईपीओ निष्काशन गर्ने सम्पूर्ण कार्यको लागि सञ्चालक समितिले सभाले अख्तियारी समेत दिने छ । त्यस्तै, कम्पनीको सञ्चालक समितिमा संस्थापक समूहबाट सञ्चालकहरुको मनोनयन तथा निर्वाचन समेत गर्नेछ ।

सभाले आव २०७७–७८ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन आर्थिक वर्ष २०७८–७९ को लागि बाह्य लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने, संचालकहरुको पारिश्रमिक, भत्ता एवं सुबिधा अनुमोदन तथा निर्धारण गर्ने सम्बन्धमा छलफल गरी पारित गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्