प्रचण्डको अभिव्यक्तिका कारण नेप्सेमा ७९ अंकको गिरावट, परिसुचक २२८२ मा आइपुग्यो « Arthapath.com
२७ मंसिर २०७८, सोमबार

प्रचण्डको अभिव्यक्तिका कारण नेप्सेमा ७९ अंकको गिरावट, परिसुचक २२८२ मा आइपुग्यो



काठमाडौँ । शेयर बजारमा ७९ अङ्कको गिरावट आएको छ । केही दिन यता भारी अङ्कले ओरालो लागेको शेयर बजार यस दिन ७९.२३  अङ्कले ओरालो लागेर परिसूचक २२ सय ८२.०० अंकमा पुगेर बजार बन्द भएको छ ।

शनिवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै पुँजी बजारलाई साम्राज्यवादको संज्ञा दिएका थिए । त्यस कारण पनि बजार घटेको लगानीकर्ताहरू बताउँछन् । गत भदौ यता शेयर बजारमा पहिरो गएको छ । शेयर धितो कर्जामा ४.१२ को सीमा कायम गरेपछि बजारमा पहिरो जान थालेको थियो ।

सोमबार दिनभर २ सय ३३ कम्पनिको ९ करोड ६७ लाख ९ हजार ७२ कित्ता शेयर ६२ हजार ८ सय ९ पटक किनबेच हुदा ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन सबै समूह घटेर राताम्मे भएका छन् । यस दिन सबैभन्दा बढी निर्जीवन बिमा समूहका लगानीकर्ताले गुमाएका छन् । निर्जीवन बिमा समूहका लगानीकर्ताले ५४५ , जीवन बिमा समूहका लगानीकर्ताले ४२५, विकास बैङ्क २११ अङ्कले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्