सबैभन्दा महंगो शेयर मूल्य भएको युनिलिभरको लाभांश इतिहासः ८ हजार ३९० प्रतिशत नगद लाभांश वितरण « Arthapath.com
१६ पुष २०७८, शुक्रबार

सबैभन्दा महंगो शेयर मूल्य भएको युनिलिभरको लाभांश इतिहासः ८ हजार ३९० प्रतिशत नगद लाभांश वितरण



काठमाडौं । युनिलिभर नेपाल लिमिटेड नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सबैभन्दा महँगो शेयर भएको कम्पनी हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता १९ हजार ९६ रुपैयाँ रहेको छ । कम्पनीले शेयरधनीहरुलाई नगद लाभांश मात्रै वितरण गर्दै आएको छ । कम्पनीले एक दशकमा शेयरधनीहरुलाई प्रत्तिकित्ता ८ हजार ३९० प्रतिशतसम्म लाभांश वितरण गरेको छ । आर्थिक वर्ष २०६७-६८ देखि हालसम्म शेयरधनीहरुलाई प्रत्तिकित्ता ८ हजार ३९० प्रतिशतसम्म नगद लाभांश वितरण गरेको हो । यस अवधिमा कम्पनीले १ सय प्रतिशतदेखि १२ सय ७० प्रतिशतसम्म नगद लाभांश वितरण गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७३-०७४ मा सबैभन्दा बढि १२ सय ७० प्रतिशत र २०७६-०७७ मा सबैभन्दा कम १ सय प्रतिशतसम्म लाभांश वितरण गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०६७–०६८ मा ५९० प्रतिशत, आव २०६८–६९ मा ६८० प्रतिशत, आव २०६९–०७० मा ७६० प्रतिशत, आव २०७०–०७१ मा ८६० प्रतिशत, आव २०७१–७२ मा ९९० प्रतिशत, आव २०७२–०७३ मा १ हजार २० प्रतिशत, आव २०७३–०७४ मा १२ सय ७० प्रतिशत, आव २०७४–०७५ मा ७ सय प्रतिशत, आव २०७५–७६ मा ७७० प्रतिशत, आव २०७६÷०७७ मा १ सय प्रतिशत र आव २०७७–०७८ मा ६ सय ५० प्रतिशत वितरण गरेको हो ।

S.NBonusCashTatalFiscal Year
10.00650.00650.002077/2078
20.00100.00100.002076/2077
30.00770.00770.002075/2076
40.00700.00700.002074/2075
50.001270.001270.002073/2074
60.001020.001020.002072/2073
70.00990.00990.002071/2072
80.00860.00860.002070/2071
90.00760.00760.002069/2070
100.00680.00680.002068/2069
110.005905902067/2068


प्रतिक्रिया दिनुहोस्