अंग्रेजी नयाँ बर्षलाई शेयर बजारको स्वागत, पहिलो दिन ६० अंकले बढ्यो « Arthapath.com
१८ पुष २०७८, आईतवार

अंग्रेजी नयाँ बर्षलाई शेयर बजारको स्वागत, पहिलो दिन ६० अंकले बढ्यो



काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) भारि अंकले बढेको छ । कारोबार खुलेदखि नै बजार बढेको हो । पछिल्लो केही समय बैंकहरुमा तरलता अभाव बढ्दै गएपछि विभिन्न विधि अपनाएर समाधान गर्ने तर्फ राष्ट्र बैंक लागेपछि सहज वातावरण बन्दै गएको छ । तर पूर्ण रुपमा भने यो समाधान हटेको छैन् ।

जसले गर्दा शेयर बजारमा पनि उत्साह थपिएको छ । अंग्रेजी नयाँ बर्ष २०२२ को पहिलो कारोबार हुँदा शेयर बजारमा हरियाली छाएको छ । बैंक तथा वित्त कम्पनीहरुले पौष महिनामा ब्याजद नबढाएको हुँदा पनि बजार लयमा आउन थालेको शेयर बजार जानकारहरु बताउँछन् ।

आइतबार नेप्से परिसूचक ६०.४१ अंकले बढेर २५८४.९१ बिन्दुमा बन्द भएको छ । आइतबार दिनभरिमा २४० कम्पनीको ५३ हजार ७१ लाख ६० हजार कित्ता शेयर ५३ हजार पटक किनबेच हुँदा ४ अर्ब १२ करोड ६९ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज म्यानुफ्याक्ट्ररिङ तथा प्रशोधन कम्पनीका लगानीकर्ताले सर्वाधिक ५.०८ प्रतिशतले कमाएका छन् । त्यस्तै, निर्जीवन बीमा समूह ३.५४ प्रतिशत, विकास बैंक समूह ३.४२ प्रतिशत, माइक्रोफाइनान्स समूह २.८८ प्रतिशत, जीवन बीमा समूह २.४२ प्रतिशतले शेयर मूल्य बढेको छ । तर म्युचुअल फण्ड समूहको भने ०.३९ प्रतिशतले शेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्