साताको अन्तिम दिन विहिबार नेप्से ५४ अंकले बढ्यो « Arthapath.com
२९ पुष २०७८, बिहीबार

साताको अन्तिम दिन विहिबार नेप्से ५४ अंकले बढ्यो



काठमाडौं । साताको अन्तिम दिन आज विहिबार नेप्से ५४ अंकले बढेको छ । यस दिन बजार ५४.१२ अंकले बढेर परिसुचक २८५७.७५ अंकमा पुगेर बजार बन्द भएको छ ।

आज दिनभर २ सय २४ कम्पनिको ११ करोड ८ लाख ३४ हजार २ सय १६ कित्ता शेयर ७७ लाख ६ सय ६८ पटक किनबेच हुदा ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५ सय ६७ रुपैयाँको कारोबार भएको छ ।

आज अन्य बाहेक सबै समुहमा हरियाली छाएको छ । आज सबैभन्दा बढि जिवन विमा समुहका लगानिकर्ताले ३४९ प्रतिशतका दरले कमाएका छन् । आज निर्जिवन विमा समुह २८८, माईक्रोफाइनान्स १७४, विकास बैंक १४७, हाईड्रोपावर १५८, उत्पादन १२७, व्यापार ८३, होटल एण्ड टुरीजम ३५, फाइनान्स ९२, बैकिङ्ग ९, लगानी ३ अंकले बढेको छ । आज अन्य समुह ३ अंकले ओरालो लागेको हो ।


प्रतिक्रिया दिनुहोस्