२० अंकले बढ्यो शेयर बजार, ७ अर्ब ९० करोडको कारोबार « Arthapath.com
३ माघ २०७८, सोमबार

२० अंकले बढ्यो शेयर बजार, ७ अर्ब ९० करोडको कारोबार



काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि शेयर बजार सामान्य अंकले बढेको छ । यस दिन बजार २० अंकले बढेर कारोबार मापक नेप्से परिसुचक २९४७.३८ अंकमा पुगेर बजार बन्द भएको छ ।

सोमबार दिनभर २ सय २४ कम्पनिको १४ करोड ४७ लाख ४ हजार ७ सय १३ कित्ता शेयर ९६ हजार ४ सय ८ पटक किनबेच हुदा ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६ सय ६८ रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्