नेप्सेमा ४ करोड कित्ता बोनस शेयर सूचीकृत, ग्लोबल आइएमई र प्रभु बैंकको कति ? « Arthapath.com
१० फाल्गुन २०७८, मंगलवार

नेप्सेमा ४ करोड कित्ता बोनस शेयर सूचीकृत, ग्लोबल आइएमई र प्रभु बैंकको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ४ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार ग्लोवल आइएमई बैंक, प्रभु बैंक, बुटवल पावर कम्पनी र फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको गरी कूल ३ करोड ९० लाख ७५ हजार ४४६.७९ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

ग्लोबल आइएमई बैंकको १० प्रतिशत बोनस शेयर वापतको २ करोड १६ लाख ३२ हजार ५०३.०३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रभु बैंकको १२ प्रतिशत बोनस शेयर वापतको १ करोड ३६ लाख १६ हजार ४६८.७६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आव २०७७–७८ को मुनाफाबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनश शेयर र बोनश शेयरको कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद गरी कूल १२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बुटवल पावर कम्पनीको १० प्रतिशत बोनस शेयर २९ लाख ४९ हजार ६६३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको हो ।

फष्र्ट माइक्रोफाइनान्स लघुवित्तको १० प्रतिशत बोनस शेयर वापतको ८ लाख ७६ हजार ८१२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्षको नाफाबाट कायम चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्