दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो « Arthapath.com
११ फाल्गुन २०७८, बुधबार

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो



काठमाडौं । सेयर कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । यसदिन नेप्से १५.५० अंकले ओरालो लाग्दा कारोबार रकम खुम्चिएको छ ।

यसदिन २७ सय २० दशमलव ४३ विन्दुमा बन्द हुदाँ ३ अर्ब १३ करोड बराबरको सेयर कारोबार भयो ।मंगलबार दोहोरो अंकले बढेको बजार बुधबार घटेको हो ।

यस्तै सेन्सेटिभ इण्डेक्स पनि दोहोरो अंकले घटेको छ । सेन्सेटिभ इण्डेक्स ५.२२ अंकले घटेर ५१७.९३ पुगेको छ । यसदिन २२८ कम्पनीको ६२ लाख ४७ हजार ७७४ कित्ता सेयर ३ अर्ब १३ करोड १२ लाख १० हजार २८२ रुपैयाँमा भयो । मंगलबार भने ३ अर्ब २१ करोड २८ लाख ८७ हजार ८२२ रुपैयाँमा शेयर खरिदबिक्री भएको थियो ।

यसदिन कारोबारमा आएका २ वटा समूहको सूचक बढेको छ भने ११ वटा समुहको सूचक घटेको छ ।


प्रतिक्रिया दिनुहोस्