साताको अन्तिम दिन ५२.३१ अंकले बढ्यो नेप्से « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

साताको अन्तिम दिन ५२.३१ अंकले बढ्यो नेप्से



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उत्साह थपिएको छ । यस दिन पुँजीबजार मापक परिसूचक (नेप्से) ५२.३१ ले बढेर २५६६.९० विन्दुमा उक्लिएको छ । साताको चौथो कारोबार दिन बुधबार नेप्से ३०.२९ अंकले घटेर दुई हजार ५ सय १४ दशमलब ६५ विन्दुमा विन्दुमा ओर्लिएको थियो ।

आज समग्रमा नेप्से २.०८ प्रतिशतले बढेको छ । यसैगरी आज ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ६.३४ अंकले बढेर ४९३.४३ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कारोबार रकम पनि बढेको छ । आज कूल २ अर्ब ७९ करोड १८ लाख ७२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

बुधबार कूल२ अर्ब ३५ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। आज कारोबारमा आएका कूल २२६ वटा कम्पनीका ५६ लाख १० हजार ६३१ कित्ता सेयर ४३ हजार ५३८ पटक किनबेच भएका छन्।

आज कारोबारमा आएका १३ समूहमा एक समूहको सेयर मूल्य घटेको छ भने बाँकी समूहको सेयर मूल्य उकालो लागेको छ । आज सबैभन्दा धेरै विकास बैंक क्षेत्रको सेयर मूल्य उकालो लागेको छ । यस समूहको सेयर मूल्य आज ४.७९ प्रतिशतले बढेको नेप्सेले जानकारी दिएको छ।

आज सबैभन्दा धेरै अन्य समूहको सेयर मूल्य घटेको छ। यस समूहको सेयर मूल्य आज ०.०४ प्रतिशत घटेको हो । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमा १८६ वटा कम्पनी बढेका छन् भने ५ वटा कम्पनी घटेका छन् । यसमध्ये आधा दर्जनभन्दा बढी कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा इमर्जिङ नेपालको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । यस कम्पनीको शेयरमूल्य आज ९ प्रतिशतले बढेर प्रतिकित्ता ३४१.५० रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्