शेयर बजार निरन्तर ओरालो लाग्दै, दोहोरो अंकले घट्दा कारोबार रकम २ अर्बमा झर्याे

काठमाडौं । साताको पहिलो दिन आतबार शेयर बजार दोहोरो अंकले गिरावट आएको छ । निरन्तर घटिरहेको बजार यस साताको पहिलो दिन पनि घटेको हो । आइतबार शेयर बजार राताम्य बनेको छ ।
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.६७ अंकले घटेर २६१६.५८ अंकमा बन्द भएको हो । यसअघि गत बुधबार शेयर बजार दोहोरो अंकले घटेको थियो । गत बुधबार नेप्से परिसूचक १९.६५ अंकले घटेर २६३१.३२ अंकमा बन्द भएको थियो । त्यसअघि मंगलबार १७.१५ अंकले घटेर २६५०।.७ अंकमा बन्द भएको थियो ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आइतबार २२४ कम्पनीको ४२ लाख ८७ हजार ५६९ कित्ता शेयर ३५ हजार २१२ पटक किनबेच हुँदा २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि गत बुधबार २३१ कम्पनीको ४९ लाख ६७ हजार ४७१ कित्ता शेयर ३७ हजार ३१ पटक किनबेच हुँदा २ अर्ब ५७ करोड ४ लाख १ हजार १८८ रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यसअघि मंगलबार २२९ कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता शेयर ४६ हजार २८७ पटक किनबेच हुँदा ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आइतबार बैंकिङ्क समूह ०.४७ प्रतिशत, ब्यापार समूह १.६४ प्रतिशत, होटकल तथा पर्यटन समूह १.९६ प्रतिशत, विकास बैंक समूह १.१७ प्रतिशत, जलविद्युत समूह ०.४२ प्रतिशत, फाइनान्स समूह १.१७ प्रतिशत, निर्जीवन बीमा समूह ०.६१ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ तथा प्रो. समूह १.०९ प्रतिशत, अन्य समूह १.४३ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.११ प्रतिशत, जीवन बीमा समूह १.३७ प्रतिशत, म्युचुअल फण्ड समूह ०.८३ प्रतिशतले घटेको छ ।
यता आइतबार इन्भेष्टमेन्ट समूह भने १.६६ प्रतिशतले बढेको छ । आइतबार सबैभन्दा धेरै राष्ट्र उत्थान लघुवित्तको १० प्रतिशत र इमर्जिङ नेपालको शेयर मूल्य ९.९९ प्रतिशत बढेको छ ।
