सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार « Arthapath.com
२५ बैशाख २०७९, आईतवार

सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार



काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.९५ अकंले बढेर २२५६.५७ अकंमा बन्द भएको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३७.०६ अकंले घटेर २२३८.६२ अकंमा बन्द भएको थियो ।

आइतबार नेप्सेमा सूचीकृत २३३ कम्पनीको ३३ लाख ४१ हजार २१४ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३२ करोड ६४ लाख २१ हजार ६७१ रुपैयाँको कारोबार भएको छ । बिहिबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २३२ कम्पनीको ४६ लाख ७४ हजार ९४० कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४७२ रुपैयाँको कारोबार भएको थियो ।

नेप्सेमा सुधार आउदा आज सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको शेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको आज ७ करोड ५३ लाख ५९ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिष्टिलरीको ४ करोड ६० लाख रुपैयाँ, नबिल बैंकको ४ करोड १५ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको ३ करोड ६७ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ३ करोड ५८ लाख रुपैयाँ र शिवम् सिमेन्टको ३ करोड २७ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्