लगानीकर्ताको मर्कामा बोर्डको नजर, आइपीओ भर्दा अधिकतम ५ रुपैयाँ मात्र लाग्ने « Arthapath.com
६ भाद्र २०७९, सोमबार

लगानीकर्ताको मर्कामा बोर्डको नजर, आइपीओ भर्दा अधिकतम ५ रुपैयाँ मात्र लाग्ने



काठमाडौं । नेपाल नेपाल धितोपत्र बोर्डले सी–आस्वा शुल्क घटाउने भएको छ । भदौ ५ गते बसेको संचालक समितिको बैठकले आइपीओ भर्दा बैंक तथा वित्तीय संस्थाले लिने शुल्क घटाएर अधिकतम ५ रुपैयाँमा सीमित गर्ने निर्णय गरेकाे बोर्डले जनाएको हो ।

आस्वा शुल्क ५ रुपैयाँमध्ये १ रूपैयाँ सार्वजनिक निष्कासन गर्ने कम्पनीले नियुक्त गरेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले तथा १ रूपैयाँ सीडीएस एन्ड क्लियरीङ लिमिटेडले प्राप्त गर्नेछन् । बाँकी रकम भने सी–आस्वा सदस्यलाई जानेछ ।

हाल आइपीओ भरेवापत बैंक तथा वित्तीय संस्थाहरुले अधिकतम १०० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था रहेको छ । ३ बैंकहरुले निशुल्क सिआस्वा दिदै आइरहेकामा भदौ देखि लागू हुने गरी कुमारी बैंकले समेत निशुल्क दिदै आइरहेको थियो ।

यस अघि भने १४।१५ आइपीओ भर्दा समेत आइपीओ नपर्ने बैंकको सिआस्वा शुल्क नै भार भएको भन्दै लगानीकर्ताले असुतुष्टी जनाउदै आइरहेका थिए । आइपीओ बाँडफाँटको तरिका पारदर्शी नभएको भन्दै बिरोध जनाउदै आएको लगानीकर्ताले बोर्डको उक्त निर्णयले सिआस्वामा ठूलो राहत पुग्ने विश्वास रहेको छ ।

हाल यी बैंकले लिदै आइरहेको सिआस्वा शुल्क

नबिन बैंक- निःशुल्क
एनआइसी एसिया बैंक- निःशुल्क
राष्ट्रिय वाणिज्य बैंक - निःशुल्क
कुमारी बैंक – निःशुल्क 
कृषि विकास बैंक – १०
बैंक अफ काठमाण्डू – १०
नेपाल बंगलादेश बैंक –१०
सिभिल बैंक – २०
माछापुच्छ्रे बैंक – १०
सन्राइज बैंक – १०
सिद्धार्थ बैंक – १०
प्रभु बैंक – १०
नेपाल इन्भेष्टमेन्ट बैंक – २०
एनएमबि बैंक – २०
सिटिजन बैंक – २०
एभरेष्ट बैंक – २०
सानिमा बैंक – २०
लक्ष्मी बैंक – २५
नेपाल बैंक – १०
प्राइम कमर्सियल बैंक – २०
नेपाल एसबिआइ बैंक – २५
सेन्चुरी कमर्सियल बैंक – २५
स्ट्यान्डर्ड चार्टर्ड बैंक – १००
ग्लोबल आइएमई बैंक – १५
नेपाल क्रेडिट एन्ड कमर्स बैंक – १०
मेगा बैंक – २५
हिमालयन बैंक – २०


प्रतिक्रिया दिनुहोस्