सान्जेन जलविद्युतको आइपीओमा झण्डै ११ करोड रुपैयाँ संकलन, कति पर्यो आवेदन ? « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

सान्जेन जलविद्युतको आइपीओमा झण्डै ११ करोड रुपैयाँ संकलन, कति पर्यो आवेदन ?



काठमाडौं । सान्जेन जलविद्युत् कम्पनीको आईपीओमा १० करोड ७० लाख ८५ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज (भदौ २३ गते) बिहान १० बजेसम्म ५ हजार ९४५ जना आवेदकले १० लाख ७० हजार ८५० कित्ताका लागि आवेदन दिएका हुन ।

कम्पनीले भदौ ५ गते प्रतिकित्ता १०० अंकित दरको ३६ लाख ५० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा जारी गरेको हो । कम्पनीको आईपीओमा अब असोज ४ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीआमा रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ चिलिमे, प्रभावित वर्ग आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोजुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर १,२,३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरूले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता र अधिकतम ७०० कित्तासम्म माग गर्न सकिनेछ । नागरिक लगानीकोष विक्री प्रबन्धक रहेको यो आईपीओ खरीदका लागि सन्राइज क्यापिटल लिमिटेड, एनएमबि क्यापिटल, साञ्जेन जलविद्युत् कम्पनीको केन्द्रीय कार्यालयसँगै नेपाल धितोपत्र बोर्डबाट आस्बा सेवाको अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थासँगै तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन स
ि


प्रतिक्रिया दिनुहोस्