रसुवागढी हाइड्रोपावरको आइपीओ बाँडफाँट, यसरि हेर्नुहोस् नतिजा
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले असार १३ गतेदेखि साउन ३१ गतेसम्म आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ भदौ २८ गते बाँडफाँट गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको १० प्रतिशत अर्थात् ६८ लाख ४२ हजार १०० कित्ता साधारण शेयर निष्काशन गरी बाँडफाँट गरेको हो । आयोजना अति प्रभावित क्षेत्र रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं. १ थुमन र वडा नं २ टिमुरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइकुण्ड गाउँपालिकाका बाँकी वडाहरू वडा नं. ३ बृद्धिम, ४ लाङटाङ, ५ स्याफ्रुबेशी र ६ धुन्चेका साथै सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीले यो आईपीओ खरीदका लागि आवेदन दिएका थिए ।
शेयर बाँडफाँटको नतिजा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल तथा सह–बिक्री प्रबन्धकहरु एनआइबीएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ । साथै, सीडीएसको बेवसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
















