नेशनल लाइफ इन्स्योरेन्सका शेयरधनी मालामाल ! « Arthapath.com
१८ मंसिर २०७९, आईतवार

नेशनल लाइफ इन्स्योरेन्सका शेयरधनी मालामाल !



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनी मालामाल हुने भएका छन् । कम्पनीले आज (मंसिर १८ गते) ३४औं वार्षिक साधारण सभा मार्फत लाभांश पारित गरेसँगै शेयरधनी मख्ख भएका हुने भएका हुन ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

नियामक निकायले यहि २०७९ साल चैत्र मसान्त सम्म जीवन बीमा कम्पनीको चुक्तापूँजी रु.५ अरब पु¥याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हालको पारित भएको वोनस शेयर लाभांशवाट कम्पनीको चुक्तापूँजी रु.४,६४,०४,३१,८७५र(पुगेको छ र वाँकी रहने चुक्ता पूँजी आगामी दिनमा तोकिएको समय भित्रसहज रुपमा पुग्ने स्थिति छ ।

साथैं, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७८।०७९ को लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साधारण सभा प्रयोजन तथा लाभांश वितरणका लागि कम्पनीले मंसिर ८ गते एक दिन बुक क्लोज गरेको हुदाँ मंसिर ७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाएका हुन ।


प्रतिक्रिया दिनुहोस्