तपाईको खातामा आयो त १४.५० प्रतिशत बोनस सेयर ? « Arthapath.com
१९ मंसिर २०७९, सोमबार

तपाईको खातामा आयो त १४.५० प्रतिशत बोनस सेयर ?



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स बोनस सेयर वितरण गरेको छ । कम्पनीले गत असोज १३ गते सम्पन्न १३औं वार्षिक साधारण सभाबाट पारित १४.५० प्रतिशत बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

कम्पनीले गत असोज ३ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा सो बोनस सेयर जम्मा गरिदिएको जनाएको छ । सो मिति पश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा पनि क्रम बोनस सेयर जम्म हुने व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका सेयरधनीहरुले आफ्नो सेयर अभौतिकीकरण गराई आफ्नो बोनस सेयर हितग्राही खातामा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

विगतका साधारण सभाबाट पारित बोनस सेयर तथा नगद लाभांश लिन बाँकी रहेका सेयरधनीहरुले सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटलमा सम्पर्क गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्