अपर तामाकोशी हाइड्रोपावरले साढे १० अर्बको हकप्रद शेयर निष्कासन गर्ने « Arthapath.com
२६ मंसिर २०७९, सोमबार

अपर तामाकोशी हाइड्रोपावरले साढे १० अर्बको हकप्रद शेयर निष्कासन गर्ने



काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनका लागि बिक्री प्रबन्धकमा नागरिक लगानी कोष, सह विक्री प्रबन्धकमा सनराईज क्यापिटललाई नियुक्त गरेको हो ।

अपर तामाकोशी हाइड्रोपावरले १:१ को अनुपातमा अर्थात (१ कित्ता शेयर बराबर १ कित्ता शेयर) का दरले साबिकका शेयरधनीहरूलाई जारी गर्न लागेको प्रति शेयर १०० रुपैयाँका दरले हुने १० करोड ५९ लाख कित्ता हकप्रद साधारण शेयरको हुने रकम १० अर्ब ५९ करोडको हकप्रद शेयर निष्काशन गर्ने लागेको हो । नागरिक लगानी कोष र अपर तामाकोशी हाइड्रोपावर लिमिटेड बीच हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध सेवा प्रदान गर्नको लागि मंसिर २६ गते दुइ पक्षिय सम्झौता–पत्रमा हस्ताक्षर भएको छ ।

नागरिक लगानी कोषले आफु मुख्य निष्काशन तथा विक्री प्रवन्धक भई सनराइज क्यापिटल लिमिटेड‚ मलपोखरीलाई सहनिष्काशन तथा विक्री प्रवन्धकको रुपमा नियुक्त्त गरेकोछ ।


प्रतिक्रिया दिनुहोस्