लगानी गर्ने अवसर: एशियन हाइड्रोपावरको आइपिओ बिक्री खुला, कसरि दिने आवेदन ? « Arthapath.com
२७ मंसिर २०७९, मंगलवार

लगानी गर्ने अवसर: एशियन हाइड्रोपावरको आइपिओ बिक्री खुला, कसरि दिने आवेदन ?



काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गरेको छ। कम्पनीले आज अर्थात मंसिर २७ गतेदेखि आयोजना प्रभावित स्थानीय वासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ३ लाख ४० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि र ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि विक्रीमा ल्याएको हो ।

स्थानीयका लागि बिक्री खुला गरेको कुल कित्ता शेयरमा अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडा न। १० (साविकको गोदाक गाविसको १ देखि ९ सम्मका सम्पूण वडाहरु), माई जोगमाई गाउँपालिका वडा न। ३,४ ९साविक नाम्सालिङ्ग गाविसको १ देखि ९ सम्मका सम्पूर्ण वडाहरु तथा नयाँबजार गाविसको वडा नम्बर ५० तथा सूर्योदय नगरपालिका वडा न। ११ (साविक माघेसुन्तले र तीनघरे गाविसका सम्पूर्ण वडाहरु तथा साविकको सूर्योदय गाविसको वडा नम्बर ३,४ र ५ ) का स्थानीय वासिन्दाहरुका लागि १ लाख ३६ हजार कित्ता र उक्त आयोजनाका अति प्रभावित क्षेत्र बाहेकको जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने वासिन्दाका लागि बाँकी २ लाख ४ हजार कित्ता शेयर छुट्याइएको छ ।

उक्त शेयर स्थानीयमा वासिन्दामा छिटो अवधि पुस १२ गतेसम्म र ढिलो अवधि पुस २७ गतेसम्म हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने पुस १२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले सर्वसाधारणमा निष्कासन हुने ८ लाख ४० हजार कित्ता शेयरमध्ये १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा गएका नेपालीमा विक्री गर्न लागेको हो ।

शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण कार्यालयसँगै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित स्थानीयले भने विक्री प्रबन्धक र आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयसँगै एनएमबि बैंक, सिभिल बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकको इलाम शाखाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्