मंगलबार यी १० कम्पनीका लगानीकर्ता भए बढी निराश « Arthapath.com
२७ मंसिर २०७९, मंगलवार

मंगलबार यी १० कम्पनीका लगानीकर्ता भए बढी निराश



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.५७ अकंले घटेर १८९९.७० बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २४८ कम्पनीको २० लाख ५८ हजार ५१० कित्ता शेयर किनबेच भएको छ । झिनो अंकले शेयर बजार घट्दा ७७ करोड ७० लाख ८९ हजार १६५ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार तेह्रथुम पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर आज प्रतिकित्ता १० रुपैयाँ ९० पैसाले घटेर ३२० रुपैयाँ पुगेको छ ।

त्यस्तै, सिगन्टी हाइड्रो इर्नजीको ३.२१ प्रतिशत, अरुण काबेली पावरको २.२८ प्रतिशत, इन्फिनिटी लघुुवित्तको २.२२ प्रतिशतले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्