आज ३ कम्पनी आइपीओ कारोबारमा आउँदैं, कुनको ओपनिङ रेन्ज कति ? « Arthapath.com
२८ मंसिर २०७९, बुधबार

आज ३ कम्पनी आइपीओ कारोबारमा आउँदैं, कुनको ओपनिङ रेन्ज कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार ३ कम्पनीको आइपीओ सूचीकृत भएको छ । सिर्जनशिल लघुवित्त वित्तीय संस्था, इस्टर्न हाइड्रोपावर कम्पनी लिमिटेड र पिपुल्स पावर लिमिटेडको आइपीओ सूचीकृत भएको छ ।

लघुपित्तको पहिलो कारोबारको न्यूनतम मूल्य ३०२ रुपैयाँ र अधिकतम मूल्य ९०६ रुपैयाँ रहेको छ । कम्पनीको शेयर बुधबार अर्थात मंसिर २८ गतेदेखि कारोबारमा आउनेछ । नेप्सेमा कम्पनीको १० लाख ९३ हजार ७५० कित्ता शेयर सूचीकृत भएको हो । यसको संकेत कारोबार एसएचएलबि हुनेछ ।

पिपुल्स पावरको कारोबार न्यूनतम मुल्य १ सय रुपैयाँ देखि अधिकतम ३ सय रुपैयाँसम्म रहेको छ । कम्पनीको शेयर बुधबार अर्थात मंसिर २८ गतेदेखि कारोबारमा आउनेछ । कम्पनीको ३ करोड २० कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीको पिएचसिएल संमेतबाट कारोबार हुनेछ ।

इस्टर्न हाइड्रोपावरको पहिलो कारोबार न्यूनतम ७२ रुपैयाँ ३३ पैसादेखि अधिकतम २१६ रुपैयाँ ९९ पैसाभित्र रहेर हुनेछ । यसको ‘इएचपीएल’ संकेतबाट कारोबार हुनेछ । इस्टर्न हाइड्रोपावरको ६२ लाख कित्ता सेयर सूचीकरण गरिएको हो ।

३ वटै कम्पनीको आइपीओ आज (मंसिर २८ गते) देखि कारोबारमा आउनेछ ।


प्रतिक्रिया दिनुहोस्