शेयर बजार झिनो अकंले घट्यो, ७२ करोडमा खुम्चियो कारोबार « Arthapath.com
२८ मंसिर २०७९, बुधबार

शेयर बजार झिनो अकंले घट्यो, ७२ करोडमा खुम्चियो कारोबार



काठमाडौं । साताको चौथो दिनमा समेत शेयर बजारमा सुधार आउन सकेको छैन । बुधबार शेयर बजार झिनो अकंले ओरालो लागेको हो । यो साताको सुरुवात मै सुधार देखिएको शेयर बजार त्यसपछिका कारोबारमा निरन्तर ओरालो लागि रहेको छ ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६२ अकंले घटेर १८९७.०८ बिन्दुमा बन्द भएको छ । बुधबार २४६ कम्पनीको २० लाख ८७ हजार ८७६ कित्ता शेयर किनबेच हुदाँ ७२ करोड ७८ लाख ७७ हजार ८९७ रुपैयाँको कारोबार भएको छ ।

बुधबार नेपाल टेलिकमको शेयर सर्वाधिक खरिद बिक्री गरेको छ । कम्पनीको शेयर ५ करोड ३९ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ ।

साथै, कृषि विकास बैंकको ४ करोड ८८ लाख रुपैयाँ, नबिल बैंकको ४ करोड २२ लाख रुपैयाँ, रिडी पावरको २ करोड ५२ लाख रुपैयाँ र रसुवागढी हाइड्रोपावरको २ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्