दुई कम्पनीका लगानीकर्ता भए मख्ख, यी हुन सर्वाधिक कमाउने लगानीकर्ता « Arthapath.com
२८ मंसिर २०७९, बुधबार

दुई कम्पनीका लगानीकर्ता भए मख्ख, यी हुन सर्वाधिक कमाउने लगानीकर्ता



काठमाडौं । शेयर बजार सामान्य अकंले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६२ अकंले घटेर १८९७.०८ बिन्दुमा बन्द भएको हो ।

बुधबार २४६ कम्पनीको २० लाख ८७ हजार ८७६ कित्ता शेयर किनबेच भएको छ । नेप्से झिनो अकंले घट्दा ७२ करोड ७८ लाख ७७ हजार ८९७ रुपैयाँको कारोबार भएको छ ।

बुधबार २ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज सिवाइसी नेपाल लघुवित्त र इस्टेन हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।

आज धौलागिरी लघुवित्तको ८.२० प्रतिशत, रसुवागढी हाइड्रोपावरको ६.२५ प्रतिशत र खप्तड लघुवित्तको ६.११ प्रतिशतले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्