पिपुल्स हाइड्रोपावरको शेयरमा नकारात्मक सर्किट, यी लगानीकर्ता भए निराश « Arthapath.com
२८ मंसिर २०७९, बुधबार

पिपुल्स हाइड्रोपावरको शेयरमा नकारात्मक सर्किट, यी लगानीकर्ता भए निराश



काठमाडौं । शेयर बजारमा अझैं सुधार आउन सकेको छैन । शेयर बजार झिनो अकंले निरन्तर ओरालो लाग्ने क्रम रोकिएको छैन ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६२ अकंले घटेर १८९७.०८ बिन्दुमा बन्द भएको छ । बुधबार २४६ कम्पनीको २० लाख ८७ हजार ८७६ कित्ता शेयर किनबेच हुदाँ ७२ करोड ७८ लाख ७७ हजार ८९७ रुपैयाँको कारोबार भएको छ ।

बुधबार आजदेखि कारोबारमा भएको पिपुल्स हाइड्रोपावरको शेयरमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर आज प्रतिकित्ता ३० रुपैयाँले घटेर २७० रुपैयाँ पुगेको छ ।

साथै, किसान लघुवित्तको ४.१४ प्रतिशत, अजोड इन्स्योरेन्सको ३.९५ प्रतिशत, समिट लघुवित्तको ३.७५ प्रतिशत र एनएमबि हाबेट्री फण्ड १ को ३.४९ प्रतिशतले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्