तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ? « Arthapath.com
३ पुष २०७९, आईतवार

तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?



काठमाडौं । आइतबार सेयर बजार २७.५४ अंकले घटेको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसुचक १८५५.०६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

उक्त दिन १ अर्ब १५ करोड ७१ लाख ५५ हजार रुपैयाँ बराबरको ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर कारोबार भएको छ।

आज कृषि विकास बैंकसहित तीन कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । उक्त दिन सबैभन्दा बढी कृषि विकास बैंकको सेयर किनबेच भएको हो । बैंकको ६ करोड २५ लाख ११ हजार रुपैयाँ बराबरको २ लाख १ हजार ९३७ कित्ता सेयर खरिदबिक्री भएको छ । बैंकको सेयर सेयर मूल्य भने आज प्रतिकित्ता ३०६ रुपैयाँ कायम भएको छ ।

कारोबार रकमका आधारमा दोस्रो स्थानामा रहेको रिदी पावर कम्पनीको ५ करोड ४३ लाख १३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार कम्पनीको आज १ लाख १९ हजार ३२३ कित्ता सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता ४५० रुपैयाँ कायम भएको छ।

यस्तै, आज नबिल बैंकको पनि ५ करोड ४१ लाख १३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बैंकको आज ६७ हजार ७८७ कित्ता सेयर किनबेच भएको हो । बैंकको सेयर मूल्य प्रतिकित्ता ७९४ रुप्ैयाँ रहेको छ।


प्रतिक्रिया दिनुहोस्