तीन कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ता भए आज मालामाल « Arthapath.com
५ पुष २०७९, मंगलवार

तीन कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ता भए आज मालामाल



काठमाडौं । शेयर बजारमा सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.२२ अकंले बढेर १८७३.११ बिन्दुमा बन्द भएको छ ।

मंगलबार पूँजी बजामरमा नेप्सेमा सूचीकृत २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा सुधार आउँदा ९३ करोड ८ लाख ३९ हजार ९०१ रुपैयाँको कारोबार भएको हो ।

मंगलबार आँधिखोला लघुवित्त, सिर्जशिल लघुवित्त वित्तीय र धौलागिरी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

साथै, सिवाइसी लघुवित्तको ७.६२ प्रतिशत, मन्ँदीकिनी हाइड्रोपावरको ४.७१ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकको ४.३२ प्रतिशतले शेयर बढेको हाृे ।


प्रतिक्रिया दिनुहोस्