छुट्ला है दुई कम्पनीको लाभांश, सुरक्षित गर्ने आज अन्तिम मौका « Arthapath.com
६ पुष २०७९, बुधबार

छुट्ला है दुई कम्पनीको लाभांश, सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । आज अर्थात पुस ६ गते दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । बुधवार पाँचथर पावर कम्पनी र सोल्टी होटेलको लाभांश सुरक्षित गर्ने दिन रहेको छ ।

यी दुवै कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि अर्थात बिहीबार बुक क्लोज गर्ने भएका छन् । सो कारण आजसम्म कायम सेयरधनीहरुले लाभांश पाउनेछन् ।

पाँचथर पावर कम्पनी गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्तापूँजीको ७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस १८ गते सातौ वार्षिक साधारण सभा होटल इम्पेरियल बत्तीसपुतली, काठमाडौंमा विहान ११ बजे बस्ने गरी बोलाएको छ ।

यस्तै, सोल्टी होटलले लाभांश वितरणका लागि कम्पनीले पुष ७ गतेदेखि पुष २८ गतेसम्म बुक क्लोजको गर्ने हुदाँ ६ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुमात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।

कम्पनीले हाल कायम चुक्तापुँजी आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र २१.३१५७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश पारितका लागि कम्पनीले पुष २८ गते नेपाल प्रज्ञा भवन , काठमाडौंमा बिहान ११ बजे बस्ने गरी साधारण सभा आह्वान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्