एनआइसी एशिया बैंक सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार « Arthapath.com
६ पुष २०७९, बुधबार

एनआइसी एशिया बैंक सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार



काठमाडौं । साताको चौथो कारोबार दिन फेरी शेयर बजार ओरालो लागेको छ । साताको दोस्रो र तेस्रो कारोबार दिन सुधार आए पछि खुसी भएका लगानीकर्ताको खुसी चौथो कारोबारको दिन भने रोकिएको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.८९ अकंले घटेर १८६७.२२ बिन्दुमा बन्द भएको छ । बुधबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २५२ कम्पनीको २४ लाख ४० हजार ३०७ कित्ता शेयर किनबेच हुदाँ ८६ करोड ३८ लाख १६ हजार ५६१ रुपैयाँको कारोबार भएको छ ।

एनआइसी एशिया बैंकले यस .वर्ष लाभांश नदिने निर्णय गरे पछि कम्पनीको शेयर शेयरधनीहरुले बेचेका छन् । कम्पनीको ११ करोड ८२ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ ।

साथै नबिल बैंकको ३ करोड ९५ लाख ८ हजार रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ८५ लाख ७६ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ३ करोड ३४ लाख २३ हजार रुपैयाँ र सोल्टी होटलको ३ करोड ३० लाख ४२ हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्