नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन « Arthapath.com
१८ फाल्गुन २०७९, बिहीबार

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई लघुवित्त कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बिहिबार डिप्रोक्स लघुवित्त र सपोर्ट लघुवित्तको सेयर मूल्य समायोजन गरेको हो ।

डिप्रोक्स लघुवित्तले फागुन १९ गते र सपोर्ट लघुवित्तले फागुन २१ गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले बुक क्लोजपछिको मूल्य तय गरिदिएको हो । नेप्सेले बिहीवार डिप्रोक्स लघुवित्तको अन्तिम शेयर मूल्य ८१९ रुपैयाँको आधारमा १० प्रतिशत बोनस शेयरपछिको मूल्य ७४४ रुपैयाँ ५५ पैसा तोकेको छ ।

नेप्सेले बिहीवार सपोर्ट लघुवित्तको अन्तिम शेयर मूल्य १ हजार १०० को आधारमा ११ प्रतिशत बोनस शेयरपछिको मूल्य ९९० रुपैयाँ ९९ पैसा तोकेको छ ।

अब दुबैं कम्पनीको सेयर कारोबार समायोजन मूल्यको आधारमा आइतबारदेखि खुला हुनेछ ।


प्रतिक्रिया दिनुहोस्