एक कम्पनीको सेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक « Arthapath.com
२१ फाल्गुन २०७९, आईतवार

एक कम्पनीको सेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.७७ अकंले घटेर १९३८.२५ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजार नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३९ करोड २३ लाख ५४ हजार ८९३ रुपैयाँको कारोबार भएको छ ।

पहिलो कारोबारको दिन सुपर मादी हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर आज २९ रुपैयाँ ९० पैसाले बढेर ३२८ रुपैयाँ ९० पैसा पुगेको छ ।

साथै, यूनिक नेपाल लघुवित्तको ४.०२ प्रतिशत, एनएमबि ५० को ३.६५ प्रतिशत, एनआइबिएल प्रगति फण्डको ३.३५ प्रतिशत र सानिमा डिबेञ्चरको २.६१ प्रतिशतले सेयर मूल्य बढेको हो ।


प्रतिक्रिया दिनुहोस्