एचआईडीसीएलको ४३ लाख ५७ हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत « Arthapath.com
२८ फाल्गुन २०७९, आईतवार

एचआईडीसीएलको ४३ लाख ५७ हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको ४३ लाख ५७ हजार १८५ कित्ता हकप्रद सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो ।कम्पनीले संस्थापक समूहतर्फको लिलामीमा ल्याएको सो हकप्रद सेयर सूचीकृत गराएको हो ।

सो सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्