नेपाल रिपब्लिक मिडियाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन « Arthapath.com
१४ जेष्ठ २०८०, आईतवार

नेपाल रिपब्लिक मिडियाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज (जेठ १४ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले वैशाख ३१ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । जसमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर निष्कासन गरेको छ ।

आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा सर्वसाधारणलाई जेठ २६ गतेदेखि आइपीओ जारी गर्दैछ ।

कम्पनीले आफ्नो जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४३ लाख ५३ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । योमध्ये ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ३५ लाख २५ हजार ९३० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्