घोराही सिमेन्टको आइपीओ बाँडफाँट, यसरि हेर्नुहोस् नतिजा « Arthapath.com
१४ जेष्ठ २०८०, आईतवार

घोराही सिमेन्टको आइपीओ बाँडफाँट, यसरि हेर्नुहोस् नतिजा



काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन गरेको आइपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीमा ७ लाख ५४ हजार ६६१ कित्ता सेयर कम्पनीले विक्री खुला गरेको थियो । तोकिएको अवधिभित्र आवेदन दिएका सम्पूर्ण आवेदकहरूमा ६ लाख ६ हजार ३५० कित्ता सेयर बाँडफाँट गरेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ४८ हजार ३११ कित्ता सेयर बिक्री भने हुन सकेन । वैदेशिक रोजगारीमा रहेका नेपालीमा वितरण हुन नसकेको शेयर सर्वसाधारणमा थप गरेर विक्री गरिनेछ ।

कम्पनीको आइपीओ सिडिएसले संचालन गरेको बेवसाइट   iporesult.cdsc.com.np/ तथा बिक्री प्रबन्धकको बेवसाइट https://himalayancapital.com/ बाट हेर्ने सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्