बजेटको मुख मै सेयर बजार दोहोरो अकंले घट्यो, कारोबार भने साढे दुई अर्ब माथि « Arthapath.com
१४ जेष्ठ २०८०, आईतवार

बजेटको मुख मै सेयर बजार दोहोरो अकंले घट्यो, कारोबार भने साढे दुई अर्ब माथि



काठमाडौं । बजेटको मुख मै सेयर बजार दोहोरो अकंले ओरालो लागेको छ । केहि दिन यता निरन्तर उकालो लागेको बजार आइतबार भने ओरालो यात्रा तय गरेको हो ।

बजेट मार्फत पूँजी बजार सम्बन्धी के कस्ता बिषय समावेश हुन्छन भन्ने कुराले लगानीकर्तामा अन्यौल सिर्जना भएको छ । लगानीकर्ताले प्रत्यक वर्ष उठाउदैं आएका कुरा सरकारले आश्वासन मै सिमित राख्ने परम्पराले लगानीकर्ता पर्ख र हेरको रणनीतिमा रहेका छन् । अर्थमन्त्री प्रकाश सरण महतले सोमबार बजेट प्रस्तुत गर्नेछन् ।

अहिले बैंकहरुले ब्याज घटाउन थालिसकेका छन् । व्यवसायीलाई ऋण लिगिदिन बैंकरको फोन आउन थालेको छ । बैंकरहरु ऋणीको खोजिमा लागेका कारण भविष्यमा ब्याजदर अझ कम हुने सहज अनुमान गर्न सकिन्छ । सोहि कारण बजार ओरालो नलाग्ने लगानीकर्ता भनाइ रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.३८ अकंले घटेर १९४१.७४ बिन्दुमा बन्द भएको छ । पूँजी बजारमा नेप्सेमा सूचीकृत २७० कम्पनीको ७० लाख ५० हजार ३९ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ६३ करोड ९६ लाख ५९ हजार ४९९ रुपैयाँको कारोबार भएको छ ।

आज ११ उपसूचकमा राताम्य छाएको छ । आइतबार बैंकिङ समूहको ०.४३ प्रतिशत, विकास बैंक समूहको २.०५ प्रतिशत, फाइनान्स समूहको २.४२ प्रतिशत, होटल तथा पर्यटन समूहको २.७७ प्रतिशत र हाइड्रोपावर समूहको ०.३८ प्रतिशतले सेयर मूल्य ओरालो लागेको छ ।

आज शिवम सिमेन्टको २१ करोड ७९ लाख रुपैयाँ, नेपाल टेलिकमको ९ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्