दुई कम्पनीको सेयरमा सर्किट, कुन कम्पनीको सेयर मूल्य कति बढ्यो ? « Arthapath.com
१४ जेष्ठ २०८०, आईतवार

दुई कम्पनीको सेयरमा सर्किट, कुन कम्पनीको सेयर मूल्य कति बढ्यो ?



काठमाडौं । निरन्तर उकालो लागेको बजार आज भने ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.३८ अकंले घटेर १९४१.७४ बिन्दुमा बन्द भएको छ ।

पूँजी बजारमा नेप्सेमा सूचीकृत २७० कम्पनीको ७० लाख ५० हजार ३९ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ६३ करोड ९६ लाख ५९ हजार ४९९ रुपैयाँको कारोबार भएको छ ।

सेयर कारोबार रोक्का रहेको यूनियन लाइफ इन्स्योरेन्सको सेयरमा सर्किट लागेको छ । आज सो बीमा कम्पनी र आत्मनिर्भर लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेको हो ।

साथै, युनिलिभर नेपालको ७.१८ प्रतिशत, एनएमबि डिबेञ्चरको ६.०१ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्