रावा इनर्जी डेभलपमेन्टको आइपीओमा पहिलो दिन मै २६ करोड संकलन, कति पर्यो आवेदन ? « Arthapath.com
१८ जेष्ठ २०८०, बिहीबार

रावा इनर्जी डेभलपमेन्टको आइपीओमा पहिलो दिन मै २६ करोड संकलन, कति पर्यो आवेदन ?



काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओमा २६ करोड १० लाख १६ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज (जेठ १८ गते) पहिलो दिन साँझ ५ः०२ बजेसम्म २ लाख ३३ हजार २९० जना आवेदकले २६ लाख १० हजार १६० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । स्थानीय बासिन्दाले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणको लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गर्न लागेको हो । जसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता सेयर छुट्याइएको छ । बाँकी ६ लाख ४३ हजार ६६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओमा जेठ २२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा समाग बमोजिमको आवेदन नपरेको खण्डमा जेठ ३२ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्