एलिट क्यापिटलद्धारा रिलायबल लाइफको सेयर प्रत्याभूति « Arthapath.com
१८ जेष्ठ २०८०, बिहीबार

एलिट क्यापिटलद्धारा रिलायबल लाइफको सेयर प्रत्याभूति



काठमाडौं । एलिट क्यापिटल लिमिटेडले प्रिमियम मुल्यमा आइपिओ निष्काशन गर्न लागेको रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडको सेयर अण्डर राईटिग (धितोपत्र प्रत्याभूति) गरेको छ ।

बुधवार एलिट क्यापिटल र रिलायवल लाइफ बिच यस सम्बन्धि सम्झौता भएको हो । एलिटले रिलायवलको ५४ करोड बराबरको धितोपत्र प्रत्याभूति गरेको हो । यस सम्बन्धि सम्झौतामा रिलायवल लाइफका सिईओ नारायण बाबु लोहनी र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गरेका छन् ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा थप ११२ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँमा ६० लाख कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि गत साउन १२ गते निवेदन दिएको थियो । विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्नका लागि रेटिङ सम्पन्न गराइसकेका छ । उक्त आईपीओलाई केयर रेटिङ नेपालले केयर एनएपी त्रिपलबी रेटिङ प्रदान गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रहेको छ । कम्पनीले बीमा समितिले तोकेको न्यूनतम पूँजीरू. २ अर्ब पुर्याउनका लागि ६० करोड बराबरको आईपीओ निष्कास नगर्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस्