उग्र रुप लिदैं लगानीकर्ताको आन्दोलनः ब्रोकर बन्दमा भनाभनदेखि हातै हालाहालसम्म « Arthapath.com
१८ जेष्ठ २०८०, बिहीबार

उग्र रुप लिदैं लगानीकर्ताको आन्दोलनः ब्रोकर बन्दमा भनाभनदेखि हातै हालाहालसम्म



काठमाडौं । लगानीकर्ता आज बिहान देखि नै आन्दोलित बनेका छन् । धितोपत्र बजारका लगानीकर्ताहरूले पूँजीगत लाभकरलाई नै अन्तिम कर घोषणा गर्न माग राख्दैं आन्दोलित भएका हुन् । व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७.५ प्रतिशत श्रोतमा कट्टी गरिएको पुँजीगत लाभ करलाई नै अन्तिम कर कायम गर्ने माग उनीहरुको रहेको छ ।

लगानीकर्ताले आन्दोलनको पहिलो चरणमा ब्रोकर नम्बर बन्द गर्दै हिनेको अवस्था छ । उनीहरुले आफ्नो माग पुरा नभएसम्म टिएमएस बन्द गर्ने भन्दै नेप्सेमा गई ज्ञापनपत्र पेश गरे । सरकारले पूँजी बजार ध्वस्त पार्ने र लगानीकर्ता भगाउने रणनीति लिएको हुदाँ टिएमएम बन्द गर्ने नेप्सेसँग आग्रह गरे ।

नेप्सेले पूँजी बजारमा करको दायप्रति अन्यौल नहुनु पर्ने यसमा आफ्नो साथ रहेको तर ब्रोकर बन्द गर्ने अधिकार आफुसँग नभएको बताए । ब्रोकर बन्द गर्ने अधिकार आफ्नो हातमा हुदैं । सिस्टम बन्द गर्ने परे नि २।३ घण्टा लाग्ने गर्दछ । कर्मचारीलाई बन्द गर भनेर हुने काम पनि होइन । बरु तपाईको माग सम्बन्धित निकायमा पुराउछु नेप्सेले भन्यो ।

नेप्सेको उक्त प्रतिक्रिया पछि लगानीकर्ता मनोमानी हिसाबले ब्रोकर सिस्टम बन्द गर्ने हिने । सोहि अन्तर्गत केहि ब्रोकर नम्बर बन्द गरीए भने कति पए स्थानमा झडपको स्थित बनेको छ । हिजो अर्थात जेठ १७ गते पनि लगानीकर्ता धितोपत्र बोर्डमा समेत पुगेका थिए । बोर्डका अध्यक्षले भारत भ्रमण सकेर अर्थमन्त्री स्वदेशी फर्किए पनि उक्त माग सम्बोधन गर्नेका लागि छलफल गर्ने आश्वासन लागनीकर्तालाई दिएका थिए । तर आजै लगानीकर्ता सबैं ब्रोकरबाट टिएमएस बन्द गराई आन्दोलनमा सहयोग गर्न आग्रहमा उत्रिए ।

लगानीकर्तालाई ब्रोकर नम्बर ३२ अर्थात प्रिमियर सेक्युरिटिज कम्पनी र ब्रोकर नम्बर १० अर्थात प्रज्ञान सेक्युरिटिज प्रालि बन्द गर्ने सहजै बातावरण बने पनि दुई ब्रोकरमा भने अप्ठारो अवस्था सिर्जना भएको हो । उनीहरुले आफ्नो माग सम्बोधन नभएसम्म निरन्तरता आन्दोलनमा होमिने बताउदैं आइरहेका छन् ।

लगानीकर्ता र ब्रोकर न. १६ अर्थात सेक्युरिटीजका ब्यवस्थापकिप पक्षमा भने हंगमा भएको छ । लगानीकर्ता र ब्यवस्थापकिय पक्षमा हात हालहालको अवस्था सिर्जना भएको छ । लगानीकर्ताहरू तिलक कोइराला र रोकन कार्की सहितको टिमबीच हात हानाहानको अवस्था सिर्जना भएको थियो ।

उता, ब्रोकर न ५० समेत ब्रोकर ब्यवस्थापकीय टिमले सरकार पक्षले ब्रोकर चलाउन लाइसेन्स दिएको तपाईहरुले बन्द गर भन्ने वित्तीकै किन गर्ने भन्ने प्रश्न गरेका छन् । सो क्रममा लगानीकर्ता आक्रोसित बन्दै हामी सहयोग गर्नु पर्ने भनि आक्रोसित रुपमा उक्त ब्रोकर बन्द गरेका हुन् ।

लगानीकर्ताको आन्दोलनमा सांसद हरि ढकालले पनि समर्थन जनाएका छन् । उनले सदनमा आफुले निरन्तर आवाज उठाउदै आएको र अब अर्थमन्त्रीसँग छलफल गर्ने आश्वासन लगानीकर्तालाई दिएका हुन् ।

अर्थमन्त्री महतले भने बुधबार (जेठ १७ गते) काठमाडौंमा आयोजित एक कार्यक्रममा पूँजी बजारमा कुनै परिवर्तन नगरेको बताएका छन् । सानो लगानीकर्ता र अर्बौ कमाउने लगानीकतौ लागि सिलिङ निर्धारण मात्र गरेको अर्थमन्त्रीको भनाइ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्