सेयर बजार प्रति राष्ट्र बैंक लचक बन्दै गएको हो ? यस्तो भन्छन् लगानीकर्ताहरु ! « Arthapath.com
७ श्रावण २०८०, आईतवार

सेयर बजार प्रति राष्ट्र बैंक लचक बन्दै गएको हो ? यस्तो भन्छन् लगानीकर्ताहरु !



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आव २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक मौद्रिक नीति मार्फत राष्ट्र बैंकले लगानीकर्तालाई राहत प्रदान गरेको छ । सेयर धितो कर्जाको जोखिमभार सम्बन्धी विद्यमान व्यवस्थामा परिमार्जन गर्ने राष्ट्र बैंकको निर्णयलाई लगानीकर्ताले स्वागत गरेका छन् ।

लगानीकर्ताले लामो सयम देखि उठाउदैं आएको मुद्धा सम्बोधन भएसँगै आइतबार बजार पनि उच्च अकंले बढेको हो । बजार आज ६३ अकंले बढ्दा परिसूचक २२२७ बिन्दुमा पुगेको हो । जुन १ वर्ष यता कै उच्च परिसूचक हो ।

केन्द्रीय बैंकले रियल स्टेट कर्जा र हायर पर्चेज कर्जामा पनि जोखिमभार पुनरावलोकन गरिने भनेको छ । यसबाट सेयर बजार, रियल स्टेट तथा हायर पर्चेज क्षेत्रले राहत पाउनेछन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा शतप्रति जोखिम कायम गर्ने बताएका छन् ।

आइतबार सार्वजनिक चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति बारे थप स्पष्ट पार्दै उनले भने,–यसअघि २५ लाख रुपैयाँसम्मको कर्जामा मात्रै शतप्रतिशत जोखिम भार कायम थियो । तर, अब त्यसलाई बढाएर ५० लाख रुपैयाँ पुर्याउन लागिएको छ ।’

तर, ५० लाख रुपैयाँभन्दा माथिको कर्जामा भने १५० प्रतिशतको जोखिम भार सम्वन्धी व्यवस्था यथावत राखिएको गभर्नर अधिकारीले बताए ।

के भन्छन त लगानीकर्ता ?
नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल जारी गरेको मौद्रिक नीति साबिकका बर्षहरुको भन्दा केही उत्साह जनक भएको बताएइन् । “बिशेष गरी सेयर धितो कर्जाको “जोखिमभारलाई पुनरवालोकन गरिने छ“ भनिएको छ, यसले सेयर बजारमा उत्साह ल्याउने नै देखिन्छ” भनले भनिन,- “बिगत दुई बर्ष देखि निरन्तर घटिरहेको सेयर बजारलाई चालु आ. ब. को मौद्रिक नीतिले थोरै भएपनि मल्हमपट्टी लगाउने छ भन्नेमा हामी लगानीकर्ता आशावादी रहेका छौ ।”

अहिलेको मौद्रिक निति बजारमैत्रि आएको लगानीकर्ता तारा प्रसाद फुलेलले बताए । मौद्रिक नीतिमा समेटिएका केहि बुँदाहरूले बजारमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ रहेको छ । उनले भने,- “सेयर धितो तथा रियलस्टेट कर्जाको जोखिमभार पुनरावलोकन गर्ने भनिएको छ । सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्दा बजारमा सकारात्मक सन्देश प्रवाह हुन्छ । जसले गर्दा यी क्षेत्रहरुमा बढाइएको जोखिमभारमा पुनरावलोकन गर्दै केहि घटाउने संकेत गरेको देखिएकोले बजारले समेत सकारात्मक दिशा लिएको छ ।”

यधपि लगानीकर्ताहरूले मौद्रिक नीति मार्फत सम्बोधन गरिनुपर्ने धेरै बुँदाहरू सुझाव दिए अनुरूप नआएको फुलेलले बताए ।

आम लगानीकर्ता र पूँजी बजारका लागि मौद्रिक नीति सकरात्मक रहेको लगाानीकर्ता रोहन कार्कीले बताए ।उनले, – “हामीले अपेक्षा गरे जति धेरै त राम्रो होइन तर पनि यति नि हुने हो होइन भन्ने अन्यौल थियो अहिलेको माहोललाई हेर्ने हो भने मौद्रिक नीति लगानीकर्ताको हित मै आएको छ ।” साथै, अर्थतन्त्रको अवस्थालाई हेरर राष्ट्र बैंकले अझ खुकुलो र लचक नीति ल्याउने जाने देखिन्छ, पूँजी बजारलाई चेपि रहेको थियो बिस्तारै मुठि फुकाउन थालेको छ उनले भने ।

लगानीकर्ता शिव चन्द्रले समग्रमा नेपाल राष्ट्र बैंकबाट आज जारी भएको मौद्रीक निती लाई सकारात्मक रहेको बताए । उनले भने,- “चित्त नबुझेको कुरा चाहिं कारोबार समयमा मौद्रीक निती जारी गर्दा प्रष्ट रुपमा सेयर र घरजग्गा कर्जामा जोखिम भारको सिमा पुनराबोलकन गरिने भनिएको थियो। सेयर र घरजग्गा कर्जा सहज हुने अपेक्षा अनुरुप बजारले सकारात्मक लय समातेर ६३ अंक बढीले बढेर बन्द भए लगत्तै गवर्नरले सेयर कर्जाको सम्बन्धमा जोखिम भार कम गरिने सिमा ५० लाखसम्म मात्र हो भनेर अभिब्यक्ती दिए। यसलाई एक किसिमको Insiders Trading नै मान्न सकिन्छ।”

निती निर्माताहरुले निती नियम ल्याउँदा दोहोरो अर्थ लाग्ने र आफु अनुकुल त्यसलाई ब्याख्या गर्ने खालको नभई पहिले नै प्रष्टसँग बुझाउने गरी ल्याउनु रहेको उनको भनाइ रहेको छ ।

लगानीकर्ता केशल कोइरालाले कानले ब्याङ्गे गर्दै मौद्रिक नीति सन्तोषजनक नै रहेको बताउछन् । मामा नहुनु भन्दा कानो मामा हुनु नै राम्रो रहेको कोइरालाले बताए ।

लगानीकर्ता निराजन चिलुवालले मौद्रिक नीतिले आम लगानिकर्तामा आशा पलाएको बताएका छन् । “घर किन्दा पाउने कर्जाको सीमा बढाएर २ करोड रुपैयाँ पु¥याएको छ,त्यस्तै, सेयर धितो, रियल इस्टेट तथा तथा हायर पर्चेज कर्जाको विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने घोषणा मौद्रिक नीतिले गरेको छ” । उनले भने, – “यो भनेको अहिले विद्यमान जोखिम भारलाई कम गराएको छ उनले भने, जस्ले बैंकबाट प्रवाह हुने कर्जा थपहुन सहज हुने देखिन्छ । अहिले अन्यत्र लगानिको बाटो नदेखिएकोले सेयर बजारमा नै पैसा आउने भएकाले आगामि दिन सुनौलो हुने देखिन्छ” ।

मौद्रिक नीति लगानीकर्ताका लागि उत्साजनक रहेको लगानीकर्ता कुमार सिटौलाले बताए । उनले भने, -“जोखिम भार घट्नु बजारको सकरात्मक पक्ष हो अन्य नकरात्मक कुरा पनि केहि देखिएन अब बजारले गति लिन्छ ।”


प्रतिक्रिया दिनुहोस्