एक दिन पनि टिकेन सेयर बजारको उत्साह, कारोबार रकम पनि घट्यो « Arthapath.com
३० फाल्गुन २०८०, बुधबार

एक दिन पनि टिकेन सेयर बजारको उत्साह, कारोबार रकम पनि घट्यो



काठमाडौं । सेयर बजारको हरियाली एक दिन पनि टिक्न सकेको छैन् । मंगलबार एकाएक उछाल आएको थियो । मंगलबार बजार एकैदिन ५८.५८ बढेको थियो । तर, बुधवार भने करेक्सन आएको छ ।

उक्त दिन बजार २.४८ अंकले घटेको हो । आज बजार परिसूचक २१०८ दशमलव ७२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन बैंकिङ्ग समूह १.१४ अंक, होटेल तथा पर्यटन ६१.७५ अंक, जलविद्युत २८.३१, लगानी समूह ०.०६, निर्जीवन बीमा ६१.५१ र व्यापार समूह ३.२१ अंकले घटेको छ । तर, यी बाहेकका अन्य समूह भने बढेको छ ।

बुधवार कारोबार रकममा पनि गिरावट आएको छ । उक्त दिन ४ अर्ब २४ करोड ८५ लाख २३ हजार रुपैयाँ बराबरको १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता सेयर किनबेच भएको छ ।

उक्त दिन शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ। आज कम्पनीको २५ करोड ५३ लाख ८३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको २० करोड ६९ लाख ८३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । यस्तै, हिमालयन रिइन्स्योरेन्सको २० करोड ६३ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्